१८ घण्टा खटिएको छु, परिणाम आउने गरी काम गर्छु : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निष्ठापूर्वक काम गर्न प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्ध पर्यटन व्यवसायीसँगको छलफल एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुने दाबी गरे ।
आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे । मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले पार्टी, नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरी निष्ठा पूर्वक काम गर्न प्रतिबद्धता जनाए ।
साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्न आग्रह गरे । पर्यटन व्यवसायी आफैँमा थिङट्याक्क भएकाले निष्कर्ष र निचोड सहितको सुझाव सरकारलाई दिन समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण