शान्तिश्री परियारको नयाँ तीज गीत सार्वजनिक
शुक्रबार, १८ साउन २०८१, १३ : ०४

काठमाडौँ । गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, सङ्गीत र आशिष अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ, दुःखमा आत्तिने र सुखमा नमात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ ।
डीआर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी छ । भिडियोलाई डीआर सुजन आफैँले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा