पेरिस ओलम्पिक : जितको खुसीयाली मनाउँदा काँधको जोर्नी फुस्किएपछि !
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३ औँ संस्करण अहिले फ्रान्सको राजधानी सहर पेरिसमा सञ्चालन भइरहेको छ । विश्व खेलकुदको यति बृहत् खेल मेलामा केही रमाइला र केही दुःखद घटना हुनु स्वाभाविक हो । यस्तै एउटा दुःखद घटना, माल्डोभाका खेलाडीसँग भएको छ ।
माल्डोभाका खेलाडी आदिल ओस्मानोवाले पुरुष जुडोको ७३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनले त्यो स्पर्धामा कांस्य पदक पनि जिते । उनले कांस्य पदकका लागि भएको भिडन्तमा इटालीका खेलाडी म्यानुअल लोम्बार्डलाई हराएका थिए ।
ओलम्पिक जस्तो ठुलो प्रतियोगितामा पदक जितेपछि खुसी नहुने कुरै भएन । कांस्य पदक जितेपछि उनी पनि निकै उत्साही बने । तर, जितको खुसीयाली मनाउँदा उनलाई पर्नुसम्म आपत पर्यो । पदक जितेपछि सबैभन्दा पहिले उनले दुवै घुँडा टेकेर आफ्नो खुसी व्यक्त गरे ।
त्यसपछि उनले जोडले दुवै हात हावामा हल्लाए । हावामा हात हल्लाउने क्रममा उनको काँधको जोर्नी फुस्कन पुग्यो । जितको खुसी क्षणभरमै पीडामा परिणत भयो । त्यसपछि उनी आफ्नो काँध समाएर पीडाले कराउन थाले ।
टोलीका अन्य सदस्य आएर उनलाई पदक ग्रहण लिन पोडियससम्म पुर्याए । अहिले उनको उपचार भइरहेको छ । चिकित्सकहरूले उनको काँधको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । आदिलले आफूले जितेको पदक स्वर्गीय पिताप्रति समर्पित गरेका छन् ।
‘मेरो पिता आफै पनि ओलम्पिक खेल्न चाहनुहुन्थ्यो । तर, चरम आर्थिक समस्याका कारण उहाँको त्यो सपना पुरा हुन सकेन । त्यसपछि उहाँले आफ्नो छोराछोरीले ओलम्पिक खेलुन् भन्ने चाहनुहुथ्यो । आज उहाँको सपना पुरा भएको छ । तर, उहाँ आज हामीमाझ हुनुहुन्न । म यो पदक उहाँप्रति नै समर्पित गर्न चाहन्छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण