अदालत
कामु प्रधानसेनापति विरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दरपिठ, इजलासले गर्यो सदर
शुक्रबार, १८ साउन २०८१, १७ : ३७
काठमाडौँ । कामु प्रधानसेनापति नियुक्त भइसकेका बलाधिकृत रथी अशोकराज सिग्देलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ। यसअघि साउन १३ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट दरपिठ गरिदिएका थिए । उक्त दरपिठ इजलासले पनि सदर गरेको छ। योसँगै अब रिट नलाग्ने भएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सिन्धुलीका युवराज सफल भन्ने युवराज पौडेलले सिग्देलको जन्म मितिमा कैफियत रहेको दाबी गर्दै रिट लिएर पुगेका थिए। सर्वोच्च प्रशासनबाट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए।
उक्त निवेदनपछि न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले बिहीबार दरपीठको निर्णय नै सदर गरिदिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण