सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्री सोडारीले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
शुक्रबार, १८ साउन २०८१, १७ : ५१
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका छन् । शुक्रबार राजीनामा दिएलगत्तै उनले प्रदेश प्रमुख मियालाई राजीनामा पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री सोडारीको राजीनामा पत्रमा राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशमा समेत केही राजनीतक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी मुख्यमन्त्री पदबाट राजीनामा पेस गरिएको उल्लेख छ ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण