पलङभित्र लुकाएको ५० किलोग्राम गाँजासहित एक महिला पक्राउ
पर्सा । पर्सामा ५० किलोग्राम लागु औषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । “पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौँ”, भारतीले भने ।
यसैगरी प्रहरीले ३७ लाख ६२ हजार नौ सय १६ मूल्य पर्ने बिलविजकअनुसार नभएको औषधि तथा अन्य खुद्रा सामान पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डमा ना७ख १६३१ नम्बरको ट्रकमा बिलविजकअनुसार नभएको सामान पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण