रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु
शनिबार, १९ साउन २०८१, २१ : २०
त्रिवेणी । खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । बुढालाई सोही ठाउँको चुनखोलाले आज बगाएको हो ।
वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार काउलेचौरको झोलुङ्गे पुल नजिकै मुग्लुखोलामा बगिरहेको अवस्थामा शव फेला पारेको हो ।
बुढाको पारिवारिक झगडा भएको र मर्छु भनेर निस्किएको जानकारी प्राप्त भएको प्रहरी प्रमुख पोखरेलले जानकारी र्दिए । बुढाले खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण