नयाँ गठबन्धन सरकार बनेसँगै जनतामा आशा पलाएको छ : महेश बस्नेत
भक्तपुर । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । यहाँ आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।
एमाले भक्तपुर इञ्चार्जसमेत रहेका नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए । उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण