अन्ना कोइरालाले पहिरिइन् मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज
न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनाले (समापन समारोह) मा अन्ना कोइराला विजयी भएकी छन् । १७ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज अन्नाले पहिरन सफल भएकी हुन् । प्रतियोगितामा रुवी पोखरेल प्रथम उपविजेता र आदिश्री रेग्मी द्वितिय उपविजेता भएका छन्।
न्यूयोर्क शहरमा शनिवार आयोजित उक्त प्रतियोगिताको लागि क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
यस वर्षको “मिस नेपाल नर्थ अमेरिका २०२४ ” को अन्तिम शीर्ष १८ मा पुग्न सफल भएका प्रतिभाशाली प्रतियोगीहरुमा क्रमशः मीनेसोटाकी आयुषा तुलाधर, टेक्सासकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी अन्ना कोइराला, क्यानडाकी अनु सुवेदी ,न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल ,न्यूजर्सी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल, कोलोराडोकी सविता चौलागाई, कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का, टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका थिए ।
प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण