बिहे गर्दैछन् करण–तेजस्वी ?
आइतबार, २० साउन २०८१, १२ : २०
नयाँ दिल्ली । भारतीय टिभी जगतको चर्चित जोडी हुन् तेजस्वी प्रकाश र करण कुन्द्रा । दुवै बिग बोस १५ का कन्टेष्टेन्ट थिए । यही शो सकिएपछि दुवैले आफ्नो प्रेम सम्बन्धको पुष्टि गरेका थिए ।
पछिल्लो केही महिनादेखि यिनीहरूको ब्रेकअप र बिहेको चर्चा निकै प्रायः सुन्नमा आएको छ । यतिबेला भने यो जोडीले छिट्टै बिहे गर्न लागेको खबर आएको छ । सार्वजनिक समारोह, पार्टी होस् वा घुमफिर तेजस्वी र करण प्रायः सँगसँगै देखिन्छन् ।
यसैबिच बिग बोस ओटीटी ३ की प्रतिस्पर्धी मनिषा खतवानीले करण र तेजस्वीको विवाहको भविष्यवाणी गरेकी छिन् । ट्यारो कार्ड रिडर मनिषा खतवानीले टाइम्स नाउसँगको विशेष कुराकानीमा उनीहरुले अर्को वर्ष बिहे गर्ने बताएकी हुन् ।
दुवैले विवाहको तयारी सुरु गरेको उनको भनाई छ । तर तेजस्वी र करणले भने आफ्नो बिहेको आधिकारिक पुष्टि गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण