मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहन्छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् ।
आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१-८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुसरण नगरे शिथिलता कायमै रहने बताए ।
उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ ? त्यसलाई आधार मानेर हामी के गर्न सक्छौँ ? आधारभूत आवश्यकता के हो ?यसको आधारमा नीति ल्याएका छौँ । अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ । राज्य र निजी क्षेत्रको तर्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहाना बाजी मात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ । व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई सबैले अनुसरण गर्नुपर्छ, चाहे राज्यसत्तामा बस्नेहरू होस्, चाहे निजी क्षेत्रमा काम गरिरहने साथीहरू नै किन नहोस् ।’
उनले केही ठाउँहरूमा केही क्षेत्रहरू नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए ।
निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने उनको गभर्नर अधिकारीको भनाइ छ ।
‘आर्थिक अस्थिरता हुने गरी काम गर्न दिँदैनौँ । त्यसमा एकदमै सजग छौँ । मौद्रिक नीतिले निजी क्षेत्रको कुनै पनि आर्थिक क्रियाकलापमा असर पर्ला भनेर डराउनु पर्दैन । मौद्रिक नीतिले समग्रमा निर्माणमा सहयोग पुग्छ भन्ने आशा लिएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण