साढे ८ किलो गाँजासहित महिला पक्राउ
आइतबार, २० साउन २०८१, १३ : ४०

बारा । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् ।
आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो । शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ ।
श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा