कलाकारलाई प्रधानमन्त्रीको आग्रह– रंगशाला निर्माण हुनेमा जनतालाई आस जगाई दिनू
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशाला निर्माण हुने कुरामा जनतालाई आस जगाई दिन कलाकारलाई आग्रह गरेका छन् । कलाकार कलाकारिताका सिलसिलामा आफूभन्दा बढी जनासँग नियमित टचमा रहने उनको भनाई रहेको थियो ।
पद बहालीदेखि क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री ओलीले आइतबार कलाकार, खेलाडीलगायतको संयुक्त बैठक राखेका छन् । जसमा कलाकारको तर्फबाट गायक बद्री पंगेनी, प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेललगायत सहभागी थिए ।
३ सय दिनभित्र रंगशाला पूरा गर्नका लागि सबैको सक्रियताको आवश्यक रहेको र समयमा यो सकिनु भनेको निर्धारित समयमा कुनैपनि आयोजना सकिन सक्छ भन्ने सन्देश जाने प्रधानमन्त्री ओलीले बताएको पोखरेलले जानकारी दिए । विकासका कामहरू निराशाजनक अवस्थामा गतिहीन बनेको बताएका प्रधानमन्त्री ओलीले समग्रतामा एउटा गतिशीलता निकाल्ने र जनतालाई आशावादी बनाउने काम रंगशाला निर्माणबाट हुने समेत बताएका थिए ।
‘प्रधानमन्त्री ओलीले रंगशाला निर्माणमा सबैको सकारात्मक भूमिका होस् भन्नुभयो’, पोखरेलले भने, ‘ कलाकार पब्लिकसँग जोडिने भएकोले आसावादी राखिदिनुहोला भन्नुभयो ।’ एक वर्षपछि एआइले बनाएको कुनै फोटो राखेर रंगशाला भनेर पोष्ट गर्नुपर्ने वातावरण हटाइदिन आफूले प्रधानमन्त्रीलाई अनुरोध गरेको पोखरेले सुनाए ।
गायक बद्री पंगेनीले प्रधानमन्त्रीले भेटमा कलाकारसँग रंगशाला निर्माणमा सुझाव सल्लाह समेत लिएको बताए । कला र खेलकुदलाई एकसाथ लैजाने प्रधानमन्त्रीको मनसाय आफूले पाएको बद्रीले बताए ।
भेटमा प्रधानमन्त्रीलाई ३ सय दिनमा रंगशाला बन्यो भने धन्यवादसहित फोटो पोष्ट गर्छु भन्दै उनले पूरा भएन भने फोटो पोष्ट गर्दिन भनेर आफूले तस्बिर समेत खिचाएको बताए ।
बैठकमा क्यान सचिव पारस खड्काको अलवा विभिन्न खेलाडीको पनि उपस्थिति थियो । बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरेका थिए ।
बैठक सोमबार पनि बस्ने गरेर सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण