यस्तो बन्यो कर्णालीमा मुख्यमन्त्री यामलालको टिम
सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
सत्तारुढ दल नेपाली कांग्रेसबाट चार जना मन्त्रीहरू नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी नियुक्त भएका छन् ।
चार जना मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् । कांग्रेस ५ महिनाको अवधिमा पुनः सरकारमा सहभागी भएको छ ।
केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै कर्णालीमा पनि सोही समीकरण अनुसार सरकार बनेको हो । यसअघि मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह छन् ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैसँग राखेर भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विकलाई नियुक्त गरेका थिए ।
०८० चैत्र २७ गते माओवादीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अहिलेसम्म तीन पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिएका उनले सोमबार दोस्रो पटक संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।
कांग्रेस–एमाले गठबन्धन बन्दा कर्णालीमा पहिलो पटक माओवादी प्रतिपक्षमा पुगेको छ । संघीयतापछि माओवादी निरन्तर सत्तामा रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण