काभा महिला नेसन्स लिग : नेपालको पहिलो हार
काठमाडौँ । काभा महिला नेसन्स भलिबल लिगमा नेपालले पहिलो हार व्यहोरेको छ । इरानले नेपाललाई तीन दुईको नतिजामा हराउँदै महत्त्वपूर्ण जित हात पारेको हो ।
लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले सात अंक बनाएको छ । नेपालले इरानविरूद्ध सुरुवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो ।
नेपालले पहिलो सेट १६–२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले सानदार सुरुवात गर्दै ७–० को अग्रता बनायो । यही अग्रतालाई निरन्तरता दिँदै दोस्रो सेट २५–१६ ले जित्दै खेललाई एक–एकको बराबरीमा पुर्यायो । तेस्रो सेटको सुरुवातमा नेपालले ७–२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९–९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिस्पर्धात्मक बन्यो । जहाँ इरानले तेस्रो सेट २५–२३ ले जित्यो र खेलमा दुई एकको अग्रता बनायो ।
चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो । ११–८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो । सहजै चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो । खेलको निर्णय पाँचौँ सेटबाट भयो ।
पाँचौँ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो । इरानले पाँचौँ सेट १५–१३ ले जित्दै नेपाललाई हराउन सफल भयो । इरानले सात खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंक बिहिन छ ।
आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–२२,२५–१२ र २५–१२ लाई हरायो। माल्दिभ्सको हारमा सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो । नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् ।
सेमिफाइनल प्रतिद्वन्द्वी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबिच सेमिफाइनल हुनेछ । भोलि लिग चरणको अन्तिम दुई खेल हुनेछ । जहाँ श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण