पेरिस ओलम्पिक : चीनलाई पछि पार्दै पदक तालिकाको पहिलो स्थानमा उक्लियो अमेरिका
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको १०औँ दिनको खेल सकिँदासम्म पदक तालिकामा अमेरिकाले चीनलाई उछिनेको छ । अमेरिका र चीनले १९–१९ वटा स्वर्ण पदक जितेका छन् ।
रजत, कांस्य र कुल पदकमा भने चीनभन्दा अमेरिका अगाडि छ । पहिलो स्थानमा आसीन अमेरिकाले १९ स्वर्णका अतिरिक्त २६ रजत र २६ कांस्य गरी कुल ७१ पदक जितिसकेको छ । दोस्रो स्थानमा आसीन चीनले १९ स्वर्णका अतिरिक्त १५ रजत र ११ कांस्य गरी कुल ४५ पदक हात पारेको छ ।
यसै गरी, आयोजक राष्ट्र फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ कांस्य गरी कुल ४४ पदक जित्दै तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा आसीन अस्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कांस्य गरी कुल ३१ पदक जितेको छ ।
पाँचौँ स्थानमा रहेको बेलायतले १० स्वर्ण, १२ रजत र १५ कांस्यसहित कुल ३७ पदक चुमेको छ । दक्षिण कोरिया १० स्वर्ण, सात रजत र सात कांस्यसहित कुल २४ तालिकाको छैटौँ स्थानमा छ । नौ स्वर्ण, पाँच रजत र १० कांस्य पदक जितेको जापान सातौँ स्थानमा आसीन छ ।
यसै गरी, आठौँ स्थानमा आसीन इटालीले सात स्वर्ण, १० रजत र पाँच कांस्य पदक हात पारेको छ । नेदरल्यान्ड्स ६ स्वर्ण, पाँच रजत र चार कांस्यसहित नवौँ तथा जर्मनी पाँच स्वर्ण, पाँच रजत र दुई कांस्यसहित १०औँ स्थानमा रहेका छन् ।
तालिकाको ११औँ स्थानमा आसीन क्यानडाले पनि पाँच स्वर्ण, चार रजत र आठ कांस्य पदक जितेको छ । हंगेरी, रोमानिया र आयरल्यान्डले पनि तीन–तीन कांस्य पदक चुमेका छन् । नौवटा राष्ट्रले दुई–दुईवटा कांस्य पदक जितेका छन् ।
हालसम्म ३५ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन् । दुई–दुईवटा कांस्य पदक जित्ने राष्ट्रको सङ्ख्या तीन रहेको छ । हालसम्म ६१ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन् । १० वटा राष्ट्रले एक–एक कांस्य पदकमात्र जित्न सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण