बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
ढाका । बंगलादेशमा आइतबार भएको हिंसात्मक विरोध प्रदर्शनमा देशभरमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सडकमा हजारौँ प्रदर्शनकारीहरू उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई तितर बितर पार्न प्रहरीले अश्रु ग्यास र रबरका गोली पनि प्रहार गरेको थियो ।
मर्नेमा कम्तीमा १३ जना प्रहरी पनि रहेको बताइएको छ । सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने मागसहित गएको महिना विश्वविद्यालयका विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रिएयता एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो ।
यसअघि हिंसात्मक विरोध प्रदर्शनमा जुलाई १९ मा ६७ जनाको मृत्यु भएको थियो । आइतबार साँझ ६ बजेदेखि सरकारले अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको छ । सोमबारदेखि तीन दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
यसैबिच सरकारले इन्टरनेट सेवा पनि ठप्प पारेको छ । हसिनाका आलोचक अनि मानव अधिकारवादी समूहहरूले सरकारले प्रदर्शनकारी अत्यधिक बल प्रयोग गरेको आरोप लगाइरहेका छन् । तर हसिना र उनका मन्त्रीहरूले यो आरोप अस्वीकार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण