उच्च नाफा आर्जन गर्ने शीर्ष स्थानमा नबिल बैंक
काठमाडौं । उच्च नाफा आर्जन गर्नेको शीर्ष स्थानमा नबिल बैंक देखिएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा खुद ७ अर्ब ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष बैंकले कमाएको नाफाको तुलनामा १०.२३ प्रतिशतले बढी हो ।
नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा वर्षमा २० वटा वाणिज्य बैंकहरुले कूल ६४ अर्ब १५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्दैगर्दा नबिल एक्लैले ७ अर्बमाथिको नाफा आर्जन गर्नु आफैँमा ठूलो उपलब्धि हो । यो कूल नाफाको ११ प्रतिशतको हिस्सा हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । तथापि, बैंकको इम्पेयरमेन्ट चार्ज घटेकाले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ ।
यस्तै बैंकको सञ्चालन नाफा ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ भने असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसाले बढेर २६ रुपैयाँ ०९ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण