कांग्रेस सभापति देउवाले तोके ३७ विभाग प्रमुख, कुन विभागमा को ? (सूचीसहित)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । सोमबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।
जसमध्ये राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् । त्यसैगरी संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर के.सी., संसदीय मामिला विभाग गोविन्दबहादुर शाह, कानुन विभाग मानबहादुर नेपाली, विद्यार्थी विभाग राजीव ढुंगाना, पेसागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौला, शिक्षा विभाग नैनसिंह महर, स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य, सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाँइ मनोनीत भएका छन् ।
त्यसैगरी कृषि तथा किसान विभागको प्रमुखमा उमेश श्रेष्ठ, खेलकुद विभाग उमेशजंग रायमाझी, प्राकृतिक स्रोत विभाग तारामान गुरुङ, साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सीना, दलित समुदाय समन्वय र सशक्तीकरण विभाग लक्ष्मी परियार, द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे, मुस्लिम विभाग मैकुलाल वाल्मिकी, वित्तिय संस्था समन्वय विभाग कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट, भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू, आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेल, शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार मनोनीत भएका छन् ।
त्यसैगरी श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड, मानव अधिकार विभाग धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना,नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा, व्यावसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित, सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी, धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित र पूर्व आप्रवासी समन्वय विभागको प्रमुखमा दिनेश कोइराला मनोनीत गरेका हुन् । नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पनि धेरै विभागहरू गठन भएका थिएनन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण