मधेस प्रदेश सरकारमा बेथिति : दुई मन्त्रालयले कार्यविधि मिचेर बजेटमा अनियमितता गरेको निष्कर्ष
वीरगन्ज । मधेस प्रदेश सरकारले विशेष अनुदान र सशर्त अनुदानको कार्यविधि उल्लङ्घन गरी बजेटमा अनियमितता गरेको पाइएको छ ।
अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयबाट विशेष अनुदान र सशर्त अनुदानमा रकम गोलमाल गरेको ठहरसहित विशेष संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदन सदनमा पेस गरेको छ ।
मधेस सरकारले आर्थिक वर्ष ०७९/०८० को कार्यक्रममा भएको अनियमितताबारे अध्ययन गर्न विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।
मधेस प्रदेश सभाको सोमबारको बैठकमा विशेष संसदीय छानबिन समितिले आफ्नो २२ पृष्ठ लामो प्रतिवेदन पेस गरेको समितिका सभापति उपेन्द्र महतोले बताए ।
उनकाअनुसार अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयबाट चरम भ्रष्टाचार भएको विशेष संसदीय छानबिन समितिको निष्कर्ष छ ।
अनुदान वितरणका लागि बनाइएको कार्यविधि विपरीत दुवै मन्त्रालयले बजेट रकमान्तर र आफ्नो अधिकारभन्दा बाहिर गएर खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
छानबिनको अवधिमा समितिले प्राप्त गरेको तथ्य र कागजातले आर्थिक वर्ष ०७९/०८० मा सरकारको बजेटमा चरम घोटाला भएको समितिको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण