मनसुनजन्य विपद्बाट एक सय ५४ को मृत्यु
सोमबार, २१ साउन २०८१, २१ : ४४
_gw7FpxuKsR.jpg)
काठमाडौँ । यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई÷दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक
-
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
-
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु
-
परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरूलाई सम्मान