च्याम्पियन्स ट्रफीमा आठौँ टोलीको विषयलाई लिएर अन्यौल, भारत कि श्रीलंका ?

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको आगामी संस्करण सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म सञ्चालन हुने बताइएको छ ।
च्याम्पियन्स ट्रफी विश्वकपपछिको दोस्रो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आगामी च्याम्पियन्स ट्रफीमा आठ टोलीले सहभागिता जनाउने भनिए पनि हालै एक रहश्य बाहिर आएको छ ।
च्याम्पियन्स ट्रफीमा भारतको सहभागितालाई लिएर अन्यौल देखिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) स्रोतले जनाएको छ । सुरक्षाको कारणले भारतीय टोली पाकिस्तान नजाने बताइएको छ ।
यद्दपि, यस विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हालसम्म यस विषयमा औपचारिक रुपमा केही बताएको छैन । तर, बीसीसीआईले ‘न्यूट्रल भेन्यू’ मा खेल्ने तयारी अगाडि बढाएको छ ।
यस विषयमा बीसीसीआईले आईसीसीसँग पनि प्रस्ताव राखिसकेको बताइएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने च्याम्पियन्स ट्रफीका सबै खेल आफ्नै देशभित्र खेलाउने अडान राख्दै आएको छ ।
यसअघि एसिया कपमा पनि यस्तै अवस्था सृजना भएको थियो । भारतीय टोलीले पाकिस्तानमा एसिया कप खेल्न नमानेपछि भारतका खेलहरु ‘न्यूट्रल भेन्यू’ का रुपमा श्रीलंकामा खेलाइएको थियो ।
च्याम्पियन्स ट्रफीका लागि भने पीसीबी यसमा सहमत देखिएको छैन । यस्तो स्थितिमा भारतीय टोलीले च्याम्पियन्स ट्रफीमा सहभागिता नजनाउने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय टोलीले सहभागिता नजनाए श्रीलंकाले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाउने बताइएको छ । भारतीय क्रिकेट टोलीले सन् २००८ देखि पाकिस्तानी भूमिमा कुनै पनि प्रतियोगिता खेलेको छैन ।
पीसीबीले आईसीसीलाई पठाएको च्याम्पियन्स ट्रफीको पछिल्लो प्रस्तावमा पनि भारतका सबै खेल लाहौरस्थित गद्दाफी स्टेडियममा राखिएको छ । त्यसैले भारतको सहभागितालाई लिएर अन्यौलको स्थिति सृजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता