बिहीबार, ०३ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

१४५ अंकले घट्यो सेयर बजार, भयो २३ अर्बमाथिको कारोबार

मङ्गलबार, २२ साउन २०८१, १५ : १०
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ ।  एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

२३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप