बंगलादेश घटना : रुपन्देहीका सीमामा विशेष निगरानी
मङ्गलबार, २२ साउन २०८१, १७ : ३०

बुटवल । बंगलादेशमा विकसित पछिल्लो घटनालाई मध्यनजर गर्दै रुपन्देहीका सीमामा विशेष निगरानी गरिएको छ ।
केन्द्रीय सुरक्षा समितिले सिमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएपछि मंगलबारदेखि रुपन्देहीका सीमाहरूमा पनि उच्च सुरक्षा सतर्कता बढाइएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल–भारत सिमानाकामा भइरहेको गतिविधि र आवतजावतलाई निगरानी गरिएको बताए । सिमानामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई खटाइएको छ ।
बंगलादेशमा विद्यार्थीहरूले आन्दोलन चर्काएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले