न्यूयोर्कस्थित बंगलादेशी महावाणिज्य दूतावासमा घुसे प्रदर्शनकारी
ढाका । बंगलादेशमा यतिबेला हिंसाको आगो भड्किरहेको छ । गएको केही दिनयताको लगातार हिंस्रक प्रदर्शनपछि शेख हसिनाले राजीनामा दिएर चुपचाप देश छाडेर भारत गइसकेकी छिन् । यसैबिच बंगलादेशमा जारी प्रदर्शनको झिल्का अमेरिकामा पनि देखिएको छ । अमेरिकामा रहेका बंगलादेशी नागरिकहरूले न्यूयोर्कस्थित बंगलादेशी महावाणिज्य दूतावासमा घुसेर गरेर शेख मुजीबुर रहमानको तस्बिर उतारेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा प्रदर्शनकारीहरु महावाणिज्य दूतावास रहेको भवनमा छिरेर बंगलादेशका संस्थापकको तस्बिर हटाइरहेको देख्न सकिन्छ ।
प्रदर्शनकारीहरूले अमेरिकामा वाणिज्य दूतावासमा हमला किन गरे भन्ने स्पष्ट हुन सकेको छैन । भिडियोमा प्रदर्शनकारीहरूले बंगलादेशको झन्डाको रंगको टोपी लगाएर हङ्गामा गरिरहेको देखिएको छ । केही मानिसले दूतावासको कार्यालयबाट सामान झिकिरहेको पनि देखिन्छ ।
दूतावासका केही अधिकारीहरूले प्रदर्शनकारीलाई हात जोडिरहेको देखिन्छ । सोमबार प्रदर्शनकारीहरूले शेख मुजीबुर रहमानको प्रतिमा हतौडा हानेर फुटालेका थिए । केही प्रदर्शनकारीले संसदन भवनमा हमला गरेर नाराबाजी गर्दै सम्पत्ति लुट्दै तोडफोड पनि गरेका थिए । शेख हसिनाको सरकारी आवासबाट पनि प्रदर्शनकारीहरूले फर्निचर र महँगा सामान लुटेर लगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण