रिहा भइन् खालिदा जिया
ढाका । बंगलादेशमा विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)की नेतृ खालिदा जिया रिहा भएकी छिन् । लामो समयदेखि जेल सजाय काटिरहेकी जियालाई मंगलबार रिहा गरिएको हो ।
देशव्यापी हिंस्रक आन्दोलनको बिचमा जियाकी चिर प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वको सरकार ढलेर सेनाले कमान्ड आफ्नो हातमा लिएको भोलिपल्ट जिया रिहा भएकी हुन् ।
बाङ्गभवनले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेनाका तीन प्रमुख, विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधि र भेदभाव विरोधी विद्यार्थी आन्दोलनको नेताहरूबीचको भेटवार्तापछि जियालाई रिहा गरिएको हो । ७९ वर्षकी पूर्वप्रधानमन्त्री जिया यतिबेला लिभर सिरोसिस, मधुमेहले ग्रस्त छिन् । उनलाई मृगौला, फोक्सो, मुटु र आँखासम्बन्धी कयौँ रोग पनि लागेको छ ।
सन् २०२१ को नोेभम्बरमा लिभर सिरोसिस देखिएयता नै जियाका डाक्टरहरूले उनलाई उपचारका लागि विदेश पठाउन भनिरहेका थिए । जिया अनाथ ट्रष्टमा भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि सन् २०१८ को फेब्रुअरी ८ मा जियालाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । त्यसयता उनी ढाकास्थित सदर जेलमा काराबासमा थिइन् । सोही वर्ष उनी अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी भेटिइन् । कोरोना भाइरसको महामारीको समयमा सरकारले जियालाई केही समयका लागि अस्थायी रूपमा रिहा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण