रिहा भइन् खालिदा जिया

ढाका । बंगलादेशमा विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)की नेतृ खालिदा जिया रिहा भएकी छिन् । लामो समयदेखि जेल सजाय काटिरहेकी जियालाई मंगलबार रिहा गरिएको हो ।
देशव्यापी हिंस्रक आन्दोलनको बिचमा जियाकी चिर प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वको सरकार ढलेर सेनाले कमान्ड आफ्नो हातमा लिएको भोलिपल्ट जिया रिहा भएकी हुन् ।
बाङ्गभवनले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेनाका तीन प्रमुख, विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधि र भेदभाव विरोधी विद्यार्थी आन्दोलनको नेताहरूबीचको भेटवार्तापछि जियालाई रिहा गरिएको हो । ७९ वर्षकी पूर्वप्रधानमन्त्री जिया यतिबेला लिभर सिरोसिस, मधुमेहले ग्रस्त छिन् । उनलाई मृगौला, फोक्सो, मुटु र आँखासम्बन्धी कयौँ रोग पनि लागेको छ ।
सन् २०२१ को नोेभम्बरमा लिभर सिरोसिस देखिएयता नै जियाका डाक्टरहरूले उनलाई उपचारका लागि विदेश पठाउन भनिरहेका थिए । जिया अनाथ ट्रष्टमा भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि सन् २०१८ को फेब्रुअरी ८ मा जियालाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । त्यसयता उनी ढाकास्थित सदर जेलमा काराबासमा थिइन् । सोही वर्ष उनी अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी भेटिइन् । कोरोना भाइरसको महामारीको समयमा सरकारले जियालाई केही समयका लागि अस्थायी रूपमा रिहा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार