भारत–श्रीलंका खेलमा म्याच रेफ्री रञ्जन मदुगल्लेको कीर्तिमान
काठमाडौँ । म्याच रेफ्रीको भूमिकामा श्रीलंकाका राञ्जन मदुगल्ले बुधबार एउटा कीर्तिमान बनाएका छन् । भारत र श्रीलंकाबिचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा म्याच रेफ्रीको भूमिका निर्वाह गरेसँगै उनले कीर्तिमान बनाएका हुन् ।
म्याच रेफ्रीको भूमिकामा यो उनको चार सयौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । चार सय खेलमा म्याच रेफ्रीको भूमिका निर्वाह गर्ने उनी पहिलो व्यक्ति हुन् । भारत र श्रीलंकाबिचको तेस्रो खेल कोलम्बोमा भइरहेको छ ।
मदुगल्लेले सन् १९९३ देखि म्याच रेफ्रीको भूमिका निर्वाह गर्दै आएका छन् । यो अवधिमा चार सय एकदिवसीय अन्तर्राष्ट्रियका अतिरिक्त उनले दुई सयभन्दा बढी टेस्टमा पनि म्याच रेफ्रीको जिम्मेबारी निर्वाह गरिसकेका छन् । त्यो पनि आफैमा कीर्तिमान हो ।
उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा प्रमुख म्याच रेफ्रीको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनी श्रीलंकाली टोलीका पूर्वखेलाडी पनि हुन् । उनले श्रीलंकाका लागि २१ टेस्ट र ६३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।
भारत र श्रीलंकाबिचको तीन खेलको एकदिवसीय शृंखलामा श्रीलंका १–० ले अगाडि छ । पहिलो एकदिवसीय खेल बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भने घरेलु टोली श्रीलंकाले भारतलाई ३२ रनले हराएको थियो । तेस्रो खेलमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण