पूर्व निर्धारित कार्यक्रम बन्द गरेर हवाई सुरक्षामा आवश्यक कदम चाल्न मन्त्री पाण्डेकाे निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले करिब १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राख्दै तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको बताएका छन् ।
बुधबार नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा एक नेपालीसहित पाँचजनाको मृत्यु भएपछि मन्त्री पाण्डेले एकसाताका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरूलाई स्थगित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायहरूलाई परिचालन गर्ने बताए ।
मन्त्रीको सचिवालयका तर्फबाट प्रेस नोट जारी गर्दै हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायतका सम्बन्धित पदाधिकारीहरूसँग जानकारी लिएको जानकारी दिए ।
सो क्रममा प्राविधिक कारणले दुर्घटना यकिन गर्न केही समय लागेको र दुर्घटनास्थल पहिचान हुनासाथ प्रतिकुल मौसमका बाबजुत उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर पठाइएको सो हेलिकप्टर फिर्ता हुन नसकी रातिपनि सोही स्थानमा नै रहेको जानकारी गराएका थिए ।
दुर्घटनामा ज्यान गुमाउनु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मन्त्री पाण्डेले नेपाली उड्डयन क्षेत्रले भोग्नु परेको असहजताको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण