समाचार र हल्लाका पछि लागेर सेयरमा लगानी नगरौँ : अध्यक्ष बराल
काठमाडौँ । नेपाल धितो पत्र बोर्डका अध्यक्ष महेश बरालले हल्लाको पछि दौडिँदा लगानीकर्ताहरू डुब्ने गरेको बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोर्डका तर्फबाट ब्रिफिङ गर्दै अध्यक्ष बरालले कम्पनीको मूल्य उसको वित्तीय कारोबार र प्रतिफलमा हुने भए पनि पछिल्लो समय हल्लाले बजार मूल्य निर्धारण भइरहेको बताए ।
‘बजारको अस्थिरता वित्तीय ज्ञान नभएर पनि भइरहेको छ । देशका सबै क्षेत्रमा पुँजी बजार सम्बन्धी ज्ञान, अनुभव र शिक्षा पुर्याउन सकिएको छैन’ अध्यक्ष बरालले भने, ‘यही कमजोरी केही टाठाबाठा खेलाडीले चलखेल गर्दा बजारले उग्र रूप लिने गरेको छ । धितो पत्र बोर्डले पुँजी बजारसम्बन्धी सूचना तथा जानकारीहरू सार्वजनिक गरिरहेको हुन्छ तर मिडियाको समाचार र बजारको हल्लाको पछि लाग्दा लगानीकर्ता डुब्ने खतरा हुन्छ । कम्पनीको वास्तविक वित्तीय स्थिति हेरेर मात्र लगानी गरौँ बरालले भने ।
सोही अवसरमा अध्यक्ष बरालले मौद्रिक नीतिले केही लगानी सहजीकरण गरेकाले पनि बजार बढिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण