सुदूरपश्चिम प्रदेश
तत्काललाई राजश्व संकलन गर्न सुदूरपश्चिम सरकारले ल्यायो अध्यादेश
बिहीबार, २४ साउन २०८१, १४ : १७
कैलाली । कमल शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले तत्काललाई राजश्व संकलन गर्न अध्यादेश ल्याएको छ । राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस भैसकेको छ । प्रदेश प्रमुखले उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि राजश्व संकलनको बाटो खुल्नेछ ।
तत्कालीन दीर्घ सोडारी नेतृत्वको सरकारले बजेट पारित गर्न नसकेपछि साउन १ देखि बजेट शून्यताको अवस्था छ । यो गाँठो फुकाउन शाह नेतृत्वको सरकारले तत्काललाई कर संकलन अध्यादेश रोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण