भैरहवा क्षेत्रका ४ उद्योगले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता
बिहीबार, २४ साउन २०८१, १५ : १५
काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् ।
यसरी जरिवानासहित बक्यौता बुझाउनेमा यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिज रहेका छन् । नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका अनुसार सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ बुझाएको प्राधिकरणको भैरहवा शाखाले जनाएको छ ।
त्यसैगरी यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएका हुन् । भैरहवा विद्युत् वितरण केन्द्र अन्तर्गत अझै ६ वटा उद्योगले बक्यौता बुझाउन बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण