काम चलाउ सरकारको नेतृत्व गर्न बंगलादेश आइपुगे युनुस
ढाका । अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुस बंगलादेश आइपुगेका छन् । उपचारका क्रममा विदेशमा रहेका युनुस काम चलाउ सरकारको नेतृत्व गर्न बिहीबार दिउँसो २ः १५ बजेतिर स्वदेश आइपुगेका हुन् ।
उनलाई सेनाका प्रमुख र विद्यार्थीहरुले स्वागत गरेका थिए । काम चलाउ सरकारलाई आजै राति शपथ गराउने तयारी भइरहेको छ । अन्तरिम सरकारमा आरक्षण विरोधी आन्दोलनका विद्यार्थी नेता र नागरिक समाजका सदस्यलाई पनि समावेश गर्न सकिने आशा गरिएको छ ।
बंगलादेशमा गर्न बाँकी कयौं काम भएको आइपुग्ने बित्तिकै उनले बताए । जनताहरू उत्साहित रहेको फ्रान्सबाट ढाकाका लागि उड्ने क्रममा उनले भनेका थिए । शेख हसिनाले राजीनामा दिएर भागेको केही दिनमै उनी स्वदेश आएका छन् ।
राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेनाका शीर्ष अधिकारी र विद्यार्थी नेताहरूबिचको बैठकपछि युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाउने निर्णय गरिएको थियो । सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने स्पष्ट पार्दै युनुसलाई काम चलाउ सरकारको नेतृत्व दिनुपर्ने चाहना विद्यार्थीहरुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण