नेप्सेमा ६.७० अंकको वृद्धि, २० अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ६.७० अंकको वृद्धि भएको छ । बुधबार १०८ अंकमाथिले बढेको सूचक बिहीबार ०.२४ प्रतिशतले बढ्दै २७६६.३८ विन्दुमा उक्लिएको हो ।
बिहीबार कारोबारमा समेत सुधार आउँदै २० अर्ब ७ करोड रुपैयाँ बराबरको ५ करोड ९ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १०८ अंकमाथिले नेप्से सूचक बढेको बुधबार १७ अर्ब ५९ करोडको कारोबार भएको थियो ।
बिहीबार सबैभन्दा धेरै शिभम् सिमेन्टको १ अर्ब २० करोड रुपैयाँ बराबरको र हिमालय रिइन्स्योरेन्सको १ अर्ब ७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
तथापि जम्मा ७९ कम्पनीको सेयर मूल्य बढ्दा बिहीबार १५९ कम्पनीको मूल्य घट्न पुगेछ । ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण