टीआरसीमा भएको सहमतिले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ : मन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरूका बिचमा सहमति जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताएका हुन् । उनले दलहरूका बिचमा भएको सहमति अनुरूप आएको विधेयक पीडितमैत्री भएको बताए ।
मन्त्री चौरसियाले विधेयकले पीडितलाई न्याय दिने बताए । उनले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताए । त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताए ।
उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्यायको कुरा गर्दा सर्वोच्च अदालतले उठाएका विषयहरूलाई यस कार्यदलले सम्बोधन गरेको छ । मानव अधिकारको उल्लङ्घन र गम्भीर उल्लङ्घनको सवालमा, पीडितलाई न्याय दिनको लागि गल्ती गर्नेलाई सजाय दिनेकुरा, स्वतन्त्र सहमतिपछि पीडितलाई परिपूरण गर्ने कुरा लगायतका विविध सवालमा यो कार्यदलले मेहनत गरेर कानुनलाई अन्तिम रूप दिने प्रयास गरेको छ । यो विधेयकमा जे–जे सहमति भएको छ, यो पीडितमैत्री छ । यसले पीडितलाई न्याय दिन्छ ।’
मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण