कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ ।बुधवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो ।
बिहीबारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको बताए ।
उनले भने, ‘हिजो ११ वटा एजेण्डा छलफलका लागि केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएको थियो । तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोल्नुभयो । केन्द्रीय समितिका साथीहरूले पनि बोल्न थाल्नुभएको छ । भोलि र पर्सि पनि यो बैठकले निरन्तरता पाउँछ । २८ गतेसम्म बैठक टुंग्याउने गरी छलफल अघि बढेको छ । जुन संरचनाको जिम्मेवारीमा साथीहरू हुनुहुन्छ, त्यसको बारेमा बोल्नु स्वाभाविक नै भयो ।’
प्रवक्ता महतले प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण