स्वास्थ्य मन्त्रालयले माग्यो स्वीकृत दरबन्दी विवरण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रतिष्ठान/अस्पतालबाट स्वीकृत दरबन्दी विवरण माग गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गरी प्रतिष्ठान/अस्पतालको विकास समिति तर्फको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो ।
पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, काठमाडौँस्थित वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीरगन्जस्थित नारायणी अस्पताल र चितवनस्थित भरतपुर अस्पताललाई सो विवरण उपलब्ध गराउन सूचनामा उल्लेख छ ।
यस्तै, ललितपुरस्थित मानसिक अस्पताल, नेपालगन्जस्थित भेरी अस्पताल, विराटनगरस्थित कोशी अस्पताल, डडेलधुरास्थित डडेलधुरा अस्पताललाई पनि दरबन्दी विवरण माग गरिएको हो ।
यस्तै, नरदेवीस्थित आयुर्वेद चिकित्सालय, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल महाराजगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, पशुपति होमियोप्याथिक चिकित्सालय, ललितपुर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुसँग पनि दरबन्दी विवरण माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण