गीताको ‘बजाउँदै चुरा’मा रमा र मुनाको छमछमी
शुक्रबार, २५ साउन २०८१, ०७ : ४९
_C8T57K4LFY.jpg)
काठमाडौँ । तीज नजिकिँदै गर्दा यसैलाई लक्षित गर्दै गीतहरू भित्रिरहेका छन् । यस्तैमा गीतकार गीता अधिकारीको शब्द र सारिकाको स्वरमा तिज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । योगेश काजी शाहको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा छ ।
गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन् । प्रदीपकुमार रसाइलीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सोमिक गौतमको छायांकन र अमृत चापागाईँको सम्पादन छ ।
गीताले यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता गीत ल्याएकी थिइन् । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।