सिग्देलले सम्हाले नेपाली सेनाको कमान्ड
काठमाडौँ । बलाधिकृत रथी अशोकराज सिग्देलले शुक्रवारबाट नेपाली सेनाको कमान्ड सम्हालेका छन् । उनले मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेको मितिबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए ।
सिग्देललाई बिहीबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका थिए । सो अवसरमा शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेको सैनिक निर्देशनालयले जनाएको छ ।
उनले सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाई समेत दिए । गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै छन् ।
सेनाको प्रचलित परम्परा अनुसार शर्मा शुक्रवारबाट बिदामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण