भक्तपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
शुक्रबार, २५ साउन २०८१, २० : १६
काठमाडौँ । भक्तपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।
६ वर्षीया रियान्सी सोही स्कुलमा सोही स्कुलमा अध्ययनरत थिइन् । बसबाट ओर्लिएर बाटो क्रस गर्न लाग्दा त्यहि बसको ठक्करले गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई डा. ईवामुरा अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।
बस चालक ५९ वर्षीय कान्छा देउपाललाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण