बंगलादेशका नवनियुक्त सरकार प्रमुख युनुसलाई कांग्रेसले दियो बधाई
काठमाडौँ । नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले युनुसलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
सो पार्टीले बंगलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न विश्वास समेत लिएको जनाएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले विरोध प्रदर्शनका क्रममा हिन्दु र बुद्धिस्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकोले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सदभाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना ागर्न सफल हुने विश्वास व्यक्त गरेको छ ।
कांग्रेसले सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशका नागरिकको लोकतान्त्रिक तथा मानवअधिकारलाई उच्च सम्मान गर्दै आएको समेत जनाएको छ ।
साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । बैठक साउन २७ गते बिहान ११ः ०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण