बुधबार, ०२ असोज २०८१
ताजा लोकप्रिय

गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण

शनिबार, २६ साउन २०८१, १० : २७
शनिबार, २६ साउन २०८१

काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व स्वर्गीय गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।  शास्त्रीय सङ्गीतका गुरु, सङ्गीतकार तथा गायक कामतको गत साउन १७ गते निधन भएको थियो ।

गुरुदेव कामत सङ्गीत फाउन्डेसन तथा गुरुकुल सङ्गीत पाठशाला परिवारद्वारा आयोजित श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरू उनको सम्झनामा गीत प्रस्तुत गरेका थिए ।

 ६९ वर्षको उमेरमा निधन भएका कामतको मिर्गौलामा समस्या देखिएपछि केही महिना काठमाडौँमा रहेर उपचार गराएका थिए । तर आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर उनी जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।

जन्मथलो फर्किएर उनले लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका थिए । उपचारको क्रममा उनको निधन भएको थियो । दिवङ्गत कामतका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनी नेपालसहित भारतमा पनि प्रख्यात रहेका थिए । तस्बिर : प्रदीपराज वन्त/रासस

1kamatkamat2kamat3kamat4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप