‘सङ्गीतकार गुरुदेव कामतलाई राज्यले चिनेन’
काठमाडौँ । शास्त्रीय सङ्गीतकार गुरुदेव कामतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शनिबार जमल स्थित नाचघरमा आयोजित शोक सभामा कलाकार मदनदास श्रेष्ठले राजनीतिक दलको झन्डा बोक्नेले मात्र अवसर पाउने गरेको भन्दै देशको लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले मर्माहत बनाएको बताए । उनले देशमा गीत, सङ्गीतलाई जोगाउने सर्जकहरूलाई सहयोग र उनीहरूको विकासको लागि राज्यले धेरै संस्थाहरू खोले पनि काम नभएकोप्रति दुःख व्यक्त गरे ।
उनले भने, ‘हाम्रो देशमा गीत, सङ्गीतलाई जोगाइराखेका सर्जकहरूलाई सहयोग र उनीहरूको विकासको लागि राज्यले धेरै संस्थाहरू खोलिएका छन्, तर काम भएको छैन । सबै सर्जकहरूले कुनै न कुनै राजनीतिक दलको झन्डा बोक्नुपर्ने र त्यस्ताले मात्र अवसर पाउने अवस्था छ । देशका लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले दुखित बनाएको छ ।’
राज्य र सरकारले यस्तो सर्जकहरूको लागि सोचेको भए कामतले देशको लागि धेरै योगदान दिन सक्ने पनि उनको भनाई छ ।
कामतको बिहीबार बिहान निजी निवास सिराहामा निधन भएको हो । ६९ वर्षीय सङ्गीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए । मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौँबाट सिराहा घरमा पुगेका थिए ।
नेपाली गीत सङ्गीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिराहामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण