‘कसौटी जिन्दगी की’ का लेखक पक्राउ
मुम्बई । एकता कपुरको चर्चित शो ‘कसौटी जिन्दगी की’ का स्क्रिप्ट लेखक महेश पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । निर्माता जतिन सेठीसँग २ करोड ६५ लाख ठगी गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
पाण्डेलाई अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाइएको प्रहरी स्रोतले जनाएको छ । यस सम्बन्धमा अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी अधिकृतले भने, ‘जतिन सेठीले दिएको उजुरीका आधारमा महेश पाण्डेलाई पक्राउ गरिएको हो । जतिन सेठीले महेश पाण्डेलाई २ करोड ६५ लाख ऋण दिएको आरोप लगाएका छन् । तर महेश पाण्डेले पैसा फिर्ता गरेनन् ।’
पाण्डेको गिरफ्तारीको बारेमा वकिल रिजवान सिद्दिकीले भने, ‘महेश पाण्डे, उनकी श्रीमती मधु महेश पाण्डे र परिवारका अन्य सदस्यहरू विरुद्ध आईपीसीको धारा ४०६ र ४२० अन्तर्गत मुद्दा दर्ता गरिएको छ।’ महेश पाण्डेले टिभीका लागि धेरै कार्यक्रम लेखेका छन् । उनले ‘कहानी घर घर की’ बाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले ‘कसौटी जिन्दगी की’, ‘कसम से’ जस्ता धेरै शो लेखे ।
महेश पाण्डेले धेरै भोजपुरी फिल्मको निर्माण र निर्देशन पनि गरेका छन् । जसमध्ये एउटा फिल्म ‘गब्बर सिंह’ पनि थियो । यो फिल्म एकता कपुरले निर्माण गरेकी हुन् । यो फिल्म ‘शोले’ को भोजपुरी रिमेक थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण