काठमाडौँ । निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको भन्दै काठमाडौँमा प्रदर्शन जारी छ । बर्खे झरीमा पनि प्लास्टिक ओढेरै रूबी खान नेतृत्वको समूहले आफ्नो आन्दोलन जारी राखेका हुन् ।
_QCMxLpLLNA.jpg)
हत्याको मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा हिजोदेखि धर्ना सुरु गरिएको थियो । शनिबार दिउँसो पानी पर्न सुरु भएसँगै उनीहरूले प्लास्टिक ओढेरै आफ्नो धर्नालाई निरन्तरता दिएका हुन् ।
_BLs6gNWSYG.jpg)
मुद्दा अदालत पठाउन पटक-पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौँ चरणको आन्दोलन सुरु गरिएको हो ।
_I6KFWJBhTb.jpg)
उनीहरूले निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।
_bJI6lDQ09i.jpg)
_YBdJF1G8NH.jpg)
_S4UYt2tw2q.jpg)
_A1Jy4OjgKx.jpg)
_B03t9cWkzg.jpg)
_OZ7wz6DKZa.jpg)
_rGuceyf2Ya.jpg)
_w9UZx0YNUJ.jpg)
प्रतिक्रिया