विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
ढाका । बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिएका छन् ।
नजरुलले राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पठाइएको बताए । आरक्षण विरोधी आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानन्यायाधीश हसन र अपील डिभिजनका न्यायाधीशहरूलाई शनिबार दिउँसो १ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए ।
शनिबार बिहान हजारौँ प्रदर्शनकारी विद्यार्थी प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा पुगेका थिए । उक्त आन्दोलनमा सयौं वकिलहरुको पनि सहभागिता रहेको थियो ।
यसै क्रममा आरक्षण विरोधी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीशलाई फासीवादी भन्दै फुल कोर्ट बैठक रोक्न र राजीनामा दिन अल्टिमेटम दिएका थिए । बंगलादेशमा विगत केही सातादेखि आरक्षण विरोधी आन्दोलन चलिरहेको छ ।
यसबाट हालसम्म सयौँले ज्यान गुमाएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि व्यापक विरोधका कारण देश छाड्न बाध्य भएकी छन् । यसपछि बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिएको थियो । उनले शुक्रबार साँझ शपथ ग्रहण गरेपछि शान्ति कायम गर्न जनतालाई अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण