शेख हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा विरोध प्रदर्शन
ढाका । यतिबेला बङ्गलादेशमा असुरक्षा चुलिएको छ । सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो कयौं दिनयता जारी हिंसा अनियन्त्रित बन्दै गएको छ । यसैबिच सेनाको जवानमाथि हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको छ । ढाका ट्रिब्यूनमा छापिएको समाचार अनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जान घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनालाई गोली लागेको बताइएको छ । यस घटनामा एक बच्चासहित दुई जनालाई गोली लागेको छ । घटनामा कसैको मृत्यु भने भएको छैन । यो घटना शनिबार साँझको भएको बताइएको छ । आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए ।
सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको भिडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु गरे । भिडलाई तितरबितर पार्न सेनाका जवानले पछि लाठीचार्ज गरेको थियो । यसको जवाफमा प्रदर्शनकारीहरूले सेनाको गाडीमा तोडफोड गरेर आगो लगाइदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण