शेख हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा विरोध प्रदर्शन

ढाका । यतिबेला बङ्गलादेशमा असुरक्षा चुलिएको छ । सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो कयौं दिनयता जारी हिंसा अनियन्त्रित बन्दै गएको छ । यसैबिच सेनाको जवानमाथि हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको छ । ढाका ट्रिब्यूनमा छापिएको समाचार अनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जान घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनालाई गोली लागेको बताइएको छ । यस घटनामा एक बच्चासहित दुई जनालाई गोली लागेको छ । घटनामा कसैको मृत्यु भने भएको छैन । यो घटना शनिबार साँझको भएको बताइएको छ । आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए ।
सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको भिडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु गरे । भिडलाई तितरबितर पार्न सेनाका जवानले पछि लाठीचार्ज गरेको थियो । यसको जवाफमा प्रदर्शनकारीहरूले सेनाको गाडीमा तोडफोड गरेर आगो लगाइदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए