म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
ढाका । म्यानमार छाडेर बङ्गलादेश छिर्न खोजिरहेका रोहिंग्यामाथि ड्रोन हमला भएको छ । यस घटनामा २०० भन्दा धेरै मारिएको बताइएको छ । मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि परेको बताइएको छ ।
प्रत्यक्षदर्शीहरुले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । हमला बङ्गलादेशको सीमा आसपास रखाइन प्रान्तमा भएको हो । यसलाई अधिकारीहरूले अहिलेसम्मकै डरलाग्दो हमला भनेका छन् ।
यस घटनामा एक गर्भवती महिला र उनको २ वर्षकी छोरीको पनि मृत्यु भएको बताइएको छ । यो घटनाको आरोप मिलिशिया र म्यानमारको सेनाले एक अर्कालाई लगाइ रहेका छन् । रोहिंग्याहरू बङ्गलादेशभित्र छिर्न भनेर कुरिरहेको समयमा सो हमला भएको बताइएको छ ।
सामाजिक सञ्जालमा यस घटनाको भिडियो पनि पोस्ट भएको छ । भिडियोमा शवहरू तितरबितर देखिन्छन् । नजिकै शुटकेश र झोलाहरू पनि छन् । रोयटर्सको रिपोर्टका अनुसार यो घटना म्यानमारको तटीय सहर माउंगडाको ठिक बाहिर भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण