युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा रुसमाथि आक्रमण गरेको स्वीकार
किभ । आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका हुन् ।
शनिबार राति एक टेलिभिजन सम्बोधनमा जालेस्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रतर्फ धकेलिरहेको पनि बताएका थिए । युक्रेनको अभियान सुरु भएको पाँच दिनपछि उनको यो बयान आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध पारेको छ भने सीमाको दुबै तर्फ बसोबास गरिरहेका सर्वसाधारणलाई अन्यत्र सार्ने प्रयास भइरहेको छ ।
आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटको खबर आएको थियो । शनिबार आफ्नो सम्बोधनमा जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूभागमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमान्डर ओलेस्कांद्र सिस्र्कीसँग छलफल गरेको बताएका थिए ।
युक्रेनले न्याय सुनिश्चित गर्न सक्छ अनि आक्रमण गर्नेहरूमाथि दबाब बनाउन सक्छ भन्ने प्रमाणित गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण