आन्तरिक म्यासेज इरानले ह्याक गरेको ट्रम्पको चुनावी अभियान टोलीको दाबी
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक म्यासेजहरू इरानले ह्याक गरेको बताएको छ । अमेरिकाको अनलाइन समाचार पोर्टल पोलिटिकोले शनिबार यसबारे समाचार पनि छापेको थियो ।
आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पका उप–राष्ट्रपतिका उम्मेदवार जेडी भेन्सलाई पठाएको मेलसहित केही आन्तरिक सन्देशहरू ह्याक भएको र ह्याकरहरू अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहेको केही विदेशी तत्त्व भएको बताइएको छ । चोरिएका डकुमेन्टहरू इरानी ह्याकर वा इरान सरकारले नै लिएको भन्ने थप विवरण वा प्रमाणचाहिँ सो टोलीले दिएको छैन ।
माइक्रोसफ्टले हालै जुनमा नाम नखुलाईकन अमेरिकी राष्ट्रपतिका उम्मेदवारको चुनावी अभियानलाई इरानी ह्याकरहरूले निशाना बनाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । सोको एक दिनपछि ट्रम्पको चुनावी अभियानले यो खुलासा गरेको हो ।
गएको कयौँ महिनायता अमेरिकी चुनावलाई प्रभावित पार्न इरानी तत्त्वहरू सलबलाइरहेको आफूहरूले देखेको प्रतिवेदनमा माइक्रोसफ्टको थ्रेट एनालिसिस सेन्टर (एमटीएसी)ले भनेको थियो । माइक्रोसफ्टले सन् २०२० को निर्वाचनको बेलामा पनि इरानी ह्याकरहरूले राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर हमला गरिरहेको भन्ने खालको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण