नौ दिनपछि टर्कीमा चल्न थाल्यो इन्ष्टाग्राम
इस्तानबुल । टर्कीमा इन्ष्टाग्राम चल्न थालेको छ । त्यहाँको सरकारले देखाएका चासो र चिन्ताहरूलाई कम्पनीले सम्बोधन गर्छु भनेपछि टर्की सरकारले नौ दिनपछि उक्त सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाएको हो ।
आफ्नो कानुन र नियम अनि सार्वजनिक संवेदनशीलताको अनुपालना गर्न नसकेको भन्दै अगस्ट २ मा सरकारले इन्ष्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो । प्यालेष्टिनी सशस्त्र समूह हमासका नेता इस्लामी हानियाको हत्यासम्बन्धी एउटा पोस्टमा आफ्नो समवेदना राख्न नदिएको आरोप शीर्ष टर्किस अधिकारीले इन्ष्टाग्राममाथि लगाएका थिए । गाजामा इजरायलको आक्रमणको निन्दा गर्दै टर्कीले तत्कालै युद्ध विराम गर्न माग गरेको थियो ।
नौ दिनसम्म इन्ष्टाग्राम नचलेपछि टर्कीस प्रयोगकर्ता र साना व्यवसायीले विरोध गरेका थिए । इन्ष्टग्राम प्रयोगमा भारत, अमेरिका, ब्राजिल र इन्डोनेसियापछि टर्की विश्वको पाँचौँ स्थानमा छ । त्यहाँ ५ करोड ७० लाख भन्दा धेरैले इन्ष्टाग्राम चलाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण